खेलकुद पत्रकार मञ्चलाई फुटसल उपाधि

धरान | चैत २५, २०८०

खेलकुद पत्रकार मञ्चलाई फुटसल उपाधि

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । 


शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र रविन गुरुङले गोल गरेका थिए । 


उपाधि जितेको पत्रकारको टिमले कुखुराको भाले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको संगीत समूहले पनि कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 


त्यसअघिको सेमिफाइनलमा पत्रकार मञ्चले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने, संगीत समूहले आयोजकलाई १३–३ गोलले हराउँदै फाइनल पुगेको थियो । 


विजेता खेलाडीलाई संस्थाका सल्लाहकार तथा पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, केन्द्रीय प्रशासन सचिव जीवन दाहाल, केन्द्रीय सचिव शंकर विरही गुरुङ, कन्द्रीय पूर्र्व उपमहासचिव चोलेन्द्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्