घाइते सोनिसा भन्छिन् -मोटरसाइकललाई जोगाउदा जीप खस्याे

पाेखरा | चैत १९, २०८०

घाइते सोनिसा भन्छिन् -मोटरसाइकललाई जोगाउदा जीप खस्याे उपचाररत घाइते

कास्की:   कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानकी १५ वर्षीया सोनिसा सुनार पोखरा बसेर पढ्थिन् ।

 

उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन्। कक्षा ९ को वार्षिक परीक्षा सकिएपछि घर निस्किएकी थिइन् । 

 

उनीसँगै आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिम घर सल्यान जाँदै थिइन् । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।

 

घर जानका लागि चारैजना चढेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो । 

 

दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको  छ ।

 


 

यो पनि पढ्नुहोस

 

पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । 

 

दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ ।  सोनिसा जीपको अघिल्लो सिट थिइन् । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो ।

 

‘सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो’, सोनिसाले दुर्घटनाबारे बताइन् ।

 

उनका अनुसार घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ ।

 

‘दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याएका हुन्’, उनले भनिन् ।

 

उक्त दुर्घटनामा परि पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।

 

घाइते १० जनामध्ये ६ जनाको मणिपाल र अन्य ४ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्