गण्डकीका कबड्डी खेलाडीहरुको बिदाई

पाेखरा | चैत १८, २०८०

गण्डकीका कबड्डी खेलाडीहरुको बिदाई

पोखरा:    गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ ।


सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । 


जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।


प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन (कप्तान), २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर राना, उचित रिमाल, भोला विन, तुल बहादुर थापा, टेक बहादुर राना, सुभम शाक्य र विष्णु केवत रहेका छन् ।


त्यसै गरी टिम प्रशिक्षकमा सन्दिप पन्त र व्यवस्थापकमा बिक्रम थापा रहेका छन् ।


 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्