पहिरोले बेशीसहर-चामे सडक अवरुद्ध
लमजुङ | चैत १८, २०८०
तस्बिर फाइल
लमजुङ: पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध भएको छ।
लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङदी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए।
पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएक...
पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भ...
सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

