प्रश्नै–प्रश्नः कर तिर्न कहिलेसम्म लाइन बस्नुपर्ने हाे हाकिमसा'ब ?

काठमाडाैं | बैशाख ८, २०७९

प्रश्नै–प्रश्नः कर तिर्न कहिलेसम्म लाइन बस्नुपर्ने हाे हाकिमसा'ब ?

सुमन क्षेत्री (सेवाग्राही)

 

सेवाग्राहीसँग सम्बन्धित सरकारी कार्यालयहरुमा अव्यवस्थित र अनियन्त्रित भीड हुनु सामान्य भएको छ । बैंक तथा वित्तीय संस्था, राजस्व कार्यालय होस् वा यातायात व्यवस्था कार्यालय । काम विशेषले त्यहाँ पुग्दा एकदिनमै काम सक्नु फलामको च्युरा चपाउनु सरह हुन्छ । परिवर्तित समय र प्रविधिको विकास भइरहेको सन्दर्भमा आम नागरिकको हितमा व्यवस्था परिवर्तन गर्न नसकेको सर्वविदितै छ । 

 

आफ्नो सवारी साधनको नवीकरण गर्न यातायात पुग्दा बिचौलियाहरु सल्बलाउँछन् अव्यस्थित तवरले लाइन बस्नुपर्ने बाध्यता कायमै छ । प्रस्तुत छ, यसै विषयमा लेखनाथवासी सुमन क्षेत्रीले सुनगाभा न्यूजसँग यातायात व्यवस्था कार्यालयका प्रमुखसमक्ष राखेको प्रश्नः

 

– ब्लूबुक रिन्यू (नवीकरण) गर्न लाइनमा कहिलेसम्म र कतिञ्जेस बस्नुपर्ने हो ? 
– त्यहाँमात्रै होईन लाइसेन्स (चालक अनुमतिपत्र) विभागमा पनि उस्तै हुन्छ । नेपालको सरकारी निकायहरुमा व्यवस्था कहिल्यै परिवर्तन हुदैन ? तपाइको कार्यालयमा सिस्टम व्यवस्थित गर्न तपाईले पहल गर्नै नहुने हो ?’

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्