पोखरामा घर नक्साको फाइल चोरी गरेको आरोपमा २ जना प्रकाउ
पाेखरा | चैत १४, २०८०
पोखरा: पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको चाँबी फुटाएर महानगरपालिकाको ३९ थान कागजात चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई प्रकाउ गरेको हो ।

चा्ेरी भएको सरकारी कागजात
लमजुङ स्थायी घर भई पोखरा–९ नयाँबजार बस्ने २८ वर्षीय सुबिर थापामगर र २९ वर्षीय सरोज थापामगरलाई चोरी भएको ३९ थान नक्साका फाइलसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्यबहादुर रानाले जानकारी दिए ।
फागुन १२ गते पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको ताला फुटाएर सरकारी फाइलहरु चोरी भएको सूचनापछि अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

