ललितपुर घटनाका ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने तयारी
ललितपुर | चैत १३, २०८०

ललितपुर: ललितपुरमा दुई जनाको हत्या भएको घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाइन लागिएको जानकारी दिएको हो ।
प्रहरीका अनुसार खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध मुद्दा चल्नेछ । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् । यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ ।
ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
यो पनि पढ्नुहोस
ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा सोमबार राति दुई जनामाथि चक्कु प्रहार भएको थियो । घटनामा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ ।
पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
झापा: झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद ल...
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...