दाङमा दुर्घटना, दुईजनाको मृत्यु

दाङ | असार १७, २०७९

दाङमा दुर्घटना, दुईजनाको मृत्यु


दाङ :    दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

  

 गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक  मुुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताउनुुभयो । 

पोखरा:   हेमजा युनाईटेडको आयोजनामा सम्पन्न वडास्तरीय भेट्रान्स (३५ वर्ष माथि) फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं. १५ च्याम्पियन बनेको छ ।   हेमजास्थित गौरीशङ्कर खेल मैदान...

थप पढ्नुहोस्

जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपलाले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।   टोकियोमा सम्...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।   पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुद...

थप पढ्नुहोस्