स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु
स्याङ्जा | चैत ११, २०८०

स्याङ्जा: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर स्थानीय ५४ वर्षीय हर्कबहादुर गोदरको मृत्यु भएको स्थानीय ऋषि तिवारी(राजु)ले बताए । गोदार घर नजिकैको गोरेटो बाटो हिँड्ने क्रममा हाइटेन्सन लाइन चुटेर घाटीमा छोइँदा घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी घटना स्थलमा पुगेको र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी(२० विश्वकपको टिकट का...
पोखरा: होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन...
पोखरा: कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प...