बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ जना घाइते
बाग्लुङ | चैत ५, २०८०

बागलुङ: मध्यपहाडी लोकमार्गअर्न्तगत बागलुङको निसीखोला गाउँपालिका ६ को जाउलेपानी यात्रुबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्रहीका अनुसार घटनास्थलमै ७ जनाको र उपचारका लागि बुर्तिवाङ लैजाने क्रममा १ गरी ८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बसमा चालकसहित ३३ जना सवार रहेको खुलेको छ । मृतक मध्ये ५ जना पुरुष र ३ जना महिला छन् । उनीहरुको सनाखत भने हुन सकेको छैन ।
रुकुम पश्चिमबाट आज बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुन...
पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हु...
पोखरा: नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ । तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख म...