लागुऔषध कारोबारमा संलग्न आरोपमा अमरसिंहबाट एबिन पुन पक्राउ
तनहुँ | चैत ५, २०८०
तनहुँ: लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा कास्कीको अमरसिंहबाट एक जनालाई पक्राउ गरेको छ ।
तनहुँ प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेपछि उक्त कारोबारमा संलग्न देखिएपछि म्याग्दी मालिका गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–१४ बस्ने २३ वर्षीय एबिन पुनलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१ ख ९६१९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाइजापाम २० एम्पुल, फेनारगन २० एम्पुल, बु्रफोनोर्फिन २० एम्पुल र नाइट्राभेट १ हजार ५० ट्याब्लेटसहित पर्सा वीरगंज महानगरपालिका–१६ बस्ने १७ वर्षीय किशोरलाई फक्राउ गरेको थियो ।
त्यसपछि अनुसन्धानको क्रममा एबिन पुनकोसमेत संलग्नता रहेको पुष्टि भएपछि पुनलाई पोखराको अमरसिंहबाट कास्की प्रहरीको समन्वयमा हिजो (आइतबार) पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

