पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वर्कसप सञ्चालक प्रकाउ
पाेखरा | फागुन २०, २०८०

पोखरा: पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको छ ।
गएको भदौ २५ गतेदेखि पोखरामा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारवाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय कास्कीले ६ महिनापछि ८ वटा वर्कसपका सञ्चालकलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एव्म प्रहरी निरीक्षक सुर्य रानाले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकहरुलाई प्रकाउ गरेको जानकारी दिए ।
मोटरसाइकलको स्वरुप परिवर्तन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ सृजनाचोक स्थित ३६० मोटरर्सका सञ्चालक सुशिल भुजेल, पोखरा कस्टुर्सका सञ्चालक सागर झाक्री, बुम इनफिल्ड सर्भिस सेन्टरका सञ्चालक मोहम्मद रुस्तम, रोयल इनफिल्ड शोरुमका सञ्चालक सुकबहादुर गुरुङ रहेका छन् ।
यस्तै प्रहरीले पोखरा–१६ लामाचौर स्थित चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी, क्लासिक मोटरसाइकलका सञ्चालक विनोद विक र दीपम वर्कसपका सञ्चालक सन्दिप भगतलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो ६ महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर समाजमा होहल्ला मच्चाउँदै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो निकाल्ने ६८१ मोटरसाइकललाई कारवाही गर्दै ७ लाख ४२ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
ढोरपाटन: बागलुङको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन्। सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन्। सबैभन्दा बढी काठेखोला९७ रेशमा र वडा नम्...
काठमाडौं: इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहो...
पोखरा: पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्य...