पोखरा थर्काउने बुलेट देखि क्रसफायर बाइक प्रहरीको नियन्त्रणमा
प्रहरी भन्छ- मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कशप वानटेडमा
पाेखरा | फागुन २०, २०८०

पोखरा: पोखरा नै थर्र्काउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६ सय ८१ वटा विभिन्न कम्पनीका मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरिएका बुलेट देखि क्रसफायर मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
कास्की प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।
‘पछिल्लो ६ महिनामा हामीले मोडिफाई गरिएका ६ सय ८१ वटा विभिन्न कम्पन्नीका मोटरसाइकल नियन्त्रणमा लिएका छौं’, प्रहरी प्रमुख थापाले भने, ‘ मोडिफाई भएका मोटरसाइकललाई कारवाही गरेर हामीले ६ महिनामा ७ लाख ४२ हजार ७ सय रावश्व संकलन गरेका छौं ।’
उनले पहिलो पटक स्वरुप परिवर्तन (मोडिफाई) भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाउने बताए ।
‘हामीले मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाउने सवारीलाई नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘पहिलो पटक नियन्त्रणमा लिएका मोटरसाइकलाई अभिभावकको रोहवरमा कारवाही गरेर फिर्ता दिन्छौं, पटके रुपमा नियन्त्रणमा लिएका सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाउँछौं ।’
उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाईने व्यवस्था रहेको समेत बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी , पहिचान गर्ने र उक्त वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ ।
गोरखा: गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउन...
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्र...