पोखरामा दुई व्यक्तिले होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौं भनेपछि...

पाेखरा | फागुन १८, २०८०

पोखरामा दुई व्यक्तिले होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौं भनेपछि...

पोखरा:    पोखरा लेकसाईडमा मादक पदार्थ सेवन गरेर हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिदै हिडेको आरोपमा पोखराका ३२ वर्षीय नारायण गिरी र सप्तरी डाक्लेश्वरीका २१ वर्षीय विवेक ठाकुरलाई प्रहरीले प्रकाउ गरेको हो । 


प्रकाउ परेका दुईजनाको साथबाट रेडियो सेट (वाकिटाकी ) समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए । 


‘लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हामीहरु प्रहरीको ठुलै व्यक्ति हौं भन्दै रेडियो सेट (वाकीटाकी)देखाएर धम्की दिइरहेको सूचना आएको थियो’, निरीक्षक रानामगरले भने, ‘सूचना आएपछि डिउटीमा खटिएका प्रहरीलाई अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएका हौं, अहिले म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’



प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्