पत्रकार पौडेललाई मातृशोक
पाेखरा | फागुन १५, २०८०
पोखरा: रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२:४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) हुनुहुन्छ ।
स्वर्गीय आमा इन्द्रकला पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

