नेपालले आज सेमिफाइनलमा लेवनानको सामना गर्दै

काठमाडाैं | फागुन १५, २०८०

नेपालले आज सेमिफाइनलमा लेवनानको सामना गर्दै तस्बिर फाइल

काठमाडौं:    नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आज लेवनानको सामना गर्दैछ ।


साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०ः४५ बजे सुरु हुनेछ । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो ।


नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्यो । दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोलमा नेपालले इराकलाई ५–० ले हरायो । अन्तिम खेलमा प्यालेस्टाइनमाथि ४–० को जितसँगै नेपाल समूह विजेता बनेको हो ।


यता लेवनानले पहिलो खेलमा गुआममाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । त्यसपछि साउदीलाई २–३ ले हराएको लेवनान अन्तिम खेलमा भने जोर्डनसँग २–० ले पराजित भयो ।


आज हुने पहिलो सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्नेछन् । प्रतियोगताको फाइनल विहीबार हुनेछ ।


साम्बा ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अघि छिन् । दोस्रो स्थानमा ३ गोलसहित ३ खेलाडी छन् ।

गण्डकी:   गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ।  क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...

थप पढ्नुहोस्

काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

थप पढ्नुहोस्