साहित्यकार निता पोखरामा सम्मानित
पाेखरा | फागुन १४, २०८०
पोखरा: साहित्यकार नीता गुरुङ भाटिया पोखरामा एक समारोहबीच सम्मानित भएकी छन् ।
आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अ.ने.सा.स भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा सङ्घर्षमा कलमले सम्मान गरेको हो ।
सोही समारोहबीच उनको मुक्तकसङ्ग्रह मुटुदेखि मुटुसम्म लोकार्पण तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त तथा क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा विजय पंडित, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खडका बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. दीलबहादुर क्षत्री, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्या. एल.पी. गुरुङ, जनकविकेशरी धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले सम्मान अर्पणसहित कृतिको लोकार्पण तथा गरे ।
सरुभक्तले नेपाली साहित्यको श्रीवृद्धिमा घरदेश तथा परदेशमा क्रियाशील स्रष्टा साधकको योगदान अतुलनीय रहेको बताए ।
उनले मुक्तकको सहर पोखरामा नेपाली भाषी असमी साहित्यकारको कृति लोकार्पण हुनु गौरवको कुरा रहेको बताउँदै गुरुङले लेखन यात्राको सफलताको शुभेच्छा व्यक्त गरे ।
क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा. विजय पंडितले आफू बुद्ध, राम र भृकुटीको भूमिमा नेपाल–भारतको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन निरन्तर क्रियाशील रहेको बताए । उनले नेपाल–भारत साहित्य महोत्सव नै मुटुदेखि मुटुसम्म पोखरा लोकार्पणको सेतु बनेर आएको देख्दा पाउँदा आफूलाई निकै खुसी लागेको धारणा राखे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले स्रष्टा साधक सदा विष पिएर अमृत बगाउन तल्लीन रहेको बताए ।
अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले स्रष्टा साधक जहाँको जसरी भेट भए पनि त्यसको करदका लागि कञ्जुस्याई गर्न नहुने धारणा राखे । उनले स्रष्टा साधकका लागि कृति लोकार्पण तथा सम्मान समारोह सदा प्रेरणाका श्रोत बनेर बस्ने पनि बताए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

