अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडाैं | फागुन ९, २०८०

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौं:     अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो ।


नेपालमा भने २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।


सन् १९५२ मा बङ्लादेशमा मातृभाषा ९बङ्गाली भाषा० बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ । त्यसबेला बङ्लादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । बङ्लादेशमा अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ ।


दिवसको सन्दर्भमा आदिवासी जनजाति साहित्यकाररलेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा उत्सव–२०२४’ आयोजना भएको छ । यही १९ तारिखदेखि शुरु भएको उत्सव २५ तारिख अर्थात् १३ गते आइतवारसम्म चल्नेछ । यसैगरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।


मातृभाषाको माध्यमबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्याएको योगदानको कदर गर्दै जनकवि श्रेष्ठलाई  एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानकी अनुसन्धान अधिकृत सरिना गुरुङले जानकारी दिनुभयो ।


नेवारी भाषामा धेरै साहित्य सृजना गर्नुभएका गीतकार श्रेष्ठले लेख्नुभएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गित लोकप्रिय छ । यसैबीच, भाषा आयोगको प्रतिवेदन २०७६र७७ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १ सय ३१ पुगेको छ । यस्तै, विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको अवस्था छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिइएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्