दोस्रो हिसान गण्डकी प्रदेशस्तरीय फुटसल प्रतियोगिताका शुरु

पाेखरा | फागुन ४, २०८०

दोस्रो हिसान गण्डकी प्रदेशस्तरीय फुटसल प्रतियोगिताका शुरु

पोखरा:    उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे ।


प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निधारी समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हरायो । निधारीत समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो ।


अर्को खेलमा स्नोभ्यु इङलिस बोडिङ स्कुलले न्यु मोडल सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो । शुक्रबार नै भएको अर्को खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कुलले शिसुनिकेतन स्कुललाई ७–४ गोल, बालविकास इङलिस बोडिङ स्कुल नवलपुरले ग्यान बगैचा इङलिस बोडिङ स्कुल तनहुँलाई ८–१ गोल र त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल टिम ए ले फियुचर ब्राइट बोडिङ स्कुललाई ७–१ फराकीलो गोल अन्तरले हरायो ।


प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।


प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले बताए ।


त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका ८ टिमको सहभागीता जनाएका छन् । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्