विरेन स्मृति बिटी कपमा पहिलो चरणका खेल सकियो

पाेखरा | फागुन ४, २०८०

विरेन स्मृति बिटी कपमा पहिलो चरणका खेल सकियो

पोखरा:  बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।

 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा मालेपाटन युुथ क्लबले मसिना बगरलाई २–१ गोलको अन्तरले पराजित गर्याे ।

 

यस्तै दोसो खेलमा म्याक्सवेल पोखराले चाउँथे एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै म्याक्सवेल अघिल्लो चरणमा प्रवेश गर्याे ।

 

तेस्रो खेलमा एट टु नाइनले मेरो नेपाललाई १–० गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे । 

 

यस्तै चौथो खेलमा तारा एफसीले पसगाउँ एफसीलाई ४–० गोल अन्तरले पाखा लगायो ।
 

भिमकाली टिम ‘बि’ र एपेक्स क्लब काँडेबीच भएको पाँचौ खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा एपेक्सले भीमकालीलाई ५–४ गोल अन्तरले पराजित गर्याे । 
 

छैटौं खेलमा नमस्ते ब्रदर्शले डक्टरर्स टिमलाई ५–० गोलको फराकिलो अन्तरले नमस्ते ब्रदर्श विजयी बन्यो ।

 

क्लबका अनध्यक्ष असिम थापाका अनुसार आज २ वटा दोस्रो चरणका खेल सम्पन्न भएको छ । उनका अनुसार दोस्रो चरणको पहिलो खेलबाट मेनीमोरले भदौरे क्लब टिम ‘ए’लाई ३–० गोल अन्तरले पराजित गर्दै मेनीमोर प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।

 

नदीपुर युनाइटेड र शुक्लागंगा क्लब हेमजाबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समया सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै नदीपुर प्रिक्वाटरफाइनलमा स्थान बनायो । 

 

अध्यक्ष थापाले शनिबार पनि दोस्रो चरणकै ८ खेल सञ्चालन हुने जानकारी दिए । दोस्रो चरणको खेलबाट विजयी टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ ।

 

सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
 


 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हु...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शे...

थप पढ्नुहोस्