भुलौं कसरी ?
नवलपुर | फागुन २, २०८०
जीवनका कहानी अनेकौं होलान्
प्रेमका परिभाषा र पात्र पनि धेरै होलान्
तर हामीबीच सम्बन्ध सधैं हामी नै रहन्छौं
हामी नै हुन्छौं चाहे जीवनले नयाँ अध्याय शुरु गरोस्
या नयाँ बोटो रोजोस् !
सदियौं पुरानो प्रेमिल यात्राको पनि पूर्णविराम रहोस् यद्यपि जिवन्त प्रेम गर्न पाइयोस आशातीतमा म...
हुन्थ्यौ भने तिमी
गणित किताबको फर्मुला
म उहिल्यै भुलिसक्थे
हुन्थेउ भने तिमी
विज्ञान किताबको परिभाषा
म उहिल्यै भुलिसक्थे
हुन्थेउ भने तिमी
आमाले गरेको गाली
बा’ले कुटेको क्षण
म उहिल्यै भुलिसक्थे तिमीलाई
तर ...
तिमी त हौ बेस्सरी दुखेको दिन
बेस्सरी रोएको रात
तिमी त हौ मुटु छेडेको सम्झना
श्वास अँठ्याउने याद...
अब भन
कहिले मनको मझेरीमा
कहिले मस्तिष्कको आँगनमा
र कहिले कलेजीको गुन्द्रीमा
वर्षौदेखि नाची बसेकी तिमीलाई
म भुलौं कसरी..?
-इश्वरजंग गाहा थापामगर (कावासोती -२, नवलपुर)
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

