पोखरामा दर्जी र क्षेत्रीको फिरौती याेजना: ‘बिग मनी बिग टार्गेट’
टार्गेटमा व्यापारीदेखि नेतासम्म
पाेखरा | माघ २५, २०८०

पोखरा: पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी गत महिना नेपाल फर्किए ।
करिब ४ वर्ष कतारमा मजदुरी गर्दापनि ऋण तिर्नसमेत पैसा जोहो नभएपछि उनले योजना बुने ‘बिग मनी हेबी टार्गेट’ ।
कास्की प्रहरीका अनुसार उनले कुश्मा नगरपालिका १४ का ४२ वर्षीय दीपक बहादुर क्षेत्रीलाई रुम पार्टरमात्रै बनाएनन् । आफ्नो सारथी बनाएरै व्यापारीदेखि नेतासम्मको बाँकी योजनाको फ्रेम तयार पारे ।
ति दुईको योजना अनुसार पोखराका व्यपारीदेखि उच्च तहका नेताहरुको नामसहितको योजना लिस्ट तयार भयो ।
उनीहरुको पहिलो टार्गेटमा पोखरा–१६ लामाचौर घर भई दीपमा सच्चाई सेवा केन्द्र सञ्चालन गर्दै आएका सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका प्रकाशदिप गैरे परे ।
गैरेलाई गत १८ गते म्यासेजको घण्टी बज्यो ।
जहाँ परिवारको ज्यान लिने धम्कीसहित ५ करोड रुपैयाँ फिरौती मागिएको थियो त्यसपछि दर्जी र क्षेत्री सच्चाईको भक्तका रुपमा २ पटक गैरेको प्रवचन सुन्ने बहानामा सच्चाई केन्द्रमा माहौल बुझ्न पुगेको प्रहरीलाई प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले बताए ।
आज (बिहीबार) उनै दुई जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।
ज्यान मार्ने धम्की दिएर ५ करोड रुपैयाँ फिरौती दर्जी र क्षेत्रीलाई गएराति पोखराबाटै प्रकाउ गरेको हो ।
एपसी थापाका अनुसार १ महिना अघि नेपाल फर्केका दर्जी र क्षेत्रीले सिमलचौरमा कोठा भाडा लिएर बसेका थिए । यसअघि दर्जीको कुनै पनि मुद्धा नदेखिएपनि ४२ वर्षीय दीपककुमार क्षेत्रीको भने हातहतियार तथा खरखजना र अभद्र व्यवहारसम्बन्धि २ वटा मुद्धा दायर भएको थियो ।
क्षेत्रीको यो भन्दा पहिलेपनि दुइवटा मुद्धा देखिएको छ । अझ विस्तृतमा अनुसन्धान गर्दैछौ’, एसपी थापाले भने ।
टार्गेटमा व्यापारीदेखि नेतासम्म
एसपी थापाका अनुसार दुइजनाले तयार पारेको ८ पेजको कागजमा व्यापारी, एनआरएनएदेखि नेतासम्मका व्यक्तिहरुको नाम लेखिएको भेटिएको छ ।
उनीहरुले तयार पारेको सो लिस्टमा पारिवारिक विवरणसम्म उल्लेख गरिएको एसपी थापाले बताए ।
‘पोखरा–८ सिमौलचौरस्थित डेरामा बस्दै उनीहरुको कोठाबाट विभिन्न सामानहरु फेला पारेका छौं, उनले भने, ‘बरामद भएका सामानमध्ये ८ पेज लामो कागज पनि छ । जहाँ विभिन्न परिवारको नामहरु उल्लेख गरेको भेटाएका छौं जसमा नेता, व्यापारीदेखि एनआरएनसम्मको नामसमेत उल्लेख गरिएको छ ।’
त्यसबारेपनि कास्की प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गर्ने उनले बताए ।
के के बरामद भए ?
कास्की प्रहरीले ति दुइजनाको डेराबाट योजना बुनेको ८ पेज कागजको पाना बरामद गरेको छ ।
जहाँ लेखिएको छ, ‘बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुट आउट, प्रोटक्शन मनि, गणतन्त्र राजतन्त्र धर्म निरपेक्षता हिन्दु राष्ट्र, नेता, व्यापारी गुण्डा, भु–माफिया, औधोगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लगायतका योजना कोरिएका छन् ।
यस्तै उनीहरुको साथबाट ३ थान विभिन्न किताब, नोट बुक १ थान, मोबाईल सेट ४ थान, भारतीय सिम १ थान, एनसेलको सिम ३ थान, खुकुरी १ थान, अवैध गाँजा ५ सय ७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानो ठुलो मुगा १४ थान, कालो टर्च लाइट २ थान, फलामको हेक्सा ब्लेड १ थान, रन्डा लगाउने मेसिन १ थान र पेन्चिस १ थान बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई लागुऔषध सम्बन्धि, अवैध हातहतियार तथा खरखजना, आपराधिक लाभ फिरौती रकम (एक्सटर्सन) सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइने कास्की प्रहरीले जनाएको छ ।
गोरखा: गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउन...
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्र...