पोखरामा २६ र २७ माघमा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

पाेखरा | माघ २४, २०८०

पोखरामा २६ र २७ माघमा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल संघको व्यवस्थापनमा आगामी शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्र/छात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । 


पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्र÷छात्राको सहभागिता रहने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । स्वीस प्रणालीअनुसार ७ चरणमा खेल खेलाइने छ । प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई टिम सहभागी हुन पाउने नियम राखिएको छ । एउटा टिममा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने खड्काले बताए । 


प्रतियोगितामा छात्र/छात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए । छैटौंदेखि दसौं स्थानसम्म प्राप्त गर्ने ५ जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्