पोखरामा २६ र २७ माघमा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता
पाेखरा | माघ २४, २०८०
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल संघको व्यवस्थापनमा आगामी शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्र/छात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्र÷छात्राको सहभागिता रहने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । स्वीस प्रणालीअनुसार ७ चरणमा खेल खेलाइने छ । प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई टिम सहभागी हुन पाउने नियम राखिएको छ । एउटा टिममा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने खड्काले बताए ।
प्रतियोगितामा छात्र/छात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए । छैटौंदेखि दसौं स्थानसम्म प्राप्त गर्ने ५ जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

