पोखरामा २ युवा लागूऔषधसहित प्रकाउ

पाेखरा | माघ २१, २०८०

पोखरामा २ युवा लागूऔषधसहित प्रकाउ

पोखरा:      जिल्ला प्रहरी कार्यालय कास्कीले पावरहाउसबाट २ जना युवालाई लागूऔषधसहित प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले शनिबार पोखरा ३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा २ जना युवालाई प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरा–३० खुदी बस्ने २२ वर्षीय पुकार छतकुल्ली र पोखरा–१५ नयाँगाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । 


प्रहरीले उनीहरुको साथबाट डाईजापाम २६ एम्पुल, फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल गरी ७२ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जनाएको छ । 


उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्