पृथ्वीचोकमा दिउँसै लुटिइन हेमजाकी गोमा: साढे १ तोलाको सिक्री घाटीबाटै खोसियो

पाेखरा | माघ १६, २०८०

पृथ्वीचोकमा दिउँसै लुटिइन हेमजाकी गोमा: साढे १ तोलाको सिक्री घाटीबाटै खोसियो

पोखरा:     हेम्जाबाट लमजुङको बेशीशहर जान हिडेकी गोमा बिक पृथ्वीचोकमा दिउँदै लुटिएकी छिन् ।

 

उनको साथमा रहेको ७ हजार रुपैयाँ र घाटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री चोरी अज्ञात २ युवकले लुटेका हुन् । 

 

आज बिहान लमजुङको बेशीशहर जान पोखरा बसपार्कमा बसको काउन्टर खोज्ने क्रममा गोमाको पछि लागेका दुईजना युवाहरुले आफ्नो सुनको सिक्रीसहित नगद चोरी गरेका भागेको बताइन् 

 

‘हेम्जाबाट पोखरा बसपार्क आएपछि लमजुङ जान बस लाग्ने ठाउँ खोज्दै थिए, लमजुङ जाने बस काउन्टर खोज्ने क्रममा मेरो पछाडि आएका दुई जना केटाहरुले आफु पनि लमजुङ हिडेको भने’, गोमाले सुनगाभा न्यूजसँग भनिन्, ‘पुलिसले यहाँको काउन्टर हटाएको छ, काउन्टर भित्र छ भनेर पोखरा मलमा ल्याए अनि झोलामा राखेको ७/८ हजार नगदसहित सिक्रीसमेत लगे ।’

 

उनले घाटीमा लगाएको सिक्री केटाहरुले झिकेपछि प्रतिकार गरेको बताउदै रुमालमा ढुङ्गा पोको पारेर दिएको सुनाइन् । 

 

‘काउन्टर भित्र छ भनेपछि बाटोमै जेब्रा राखेर आए, उनीहरु पनि मसँगै आए, घाटीमा लगाएको सिक्री ताने । किन मेरो सिक्री तानेको भनेर कराए रुमालमा पोको पारेर उनीहरुले सुनको सिक्री दिए  होला भनेको त त्यहाँ ढुङ्गा रहेछ । पछि मात्र थाहा पाए', उनले भनिन् ।

 

पोखरा मलस्थित नेपाल बैंकको पार्किङ स्थलबाट एक महिलाको सुन र नगद चोरी भएको सूचनापछि सिसीटिभीको सहयोगमा चोरी गर्ने युवाहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्