त्रिविको मार्क सिट अनलाइनबाटै
काठमाडाैं | माघ ११, २०८०
काठमाडौं: त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका सेवा अनलाइन मार्फत नै दिनेगरी व्यवस्था मिलाउन लागेको हो । त्यसका लागि आवश्यक तिर्ने पर्ने शुल्क समेत अनलाइन मार्फत नै तिर्ने पर्नेछ ।
त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने र विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय ९प्रदेश कार्यालय० बाट वितरण गरिने पनिकाले जनाएको छ ।
यी सेवाहरू १५ माघ २०८० सोमबार बिहान १० बजेदेखि सञ्चालनमा आउने र केही समय अनलाइन र अफलाइन दुवै सेवाहरू सञ्चालन हुने पनिकाले जनाएको छ । नाम, थर आदी सच्याउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरू आफू पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुसिथत केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।
प्रमाणपत्रहरू सङ्कलन गर्दा स्वयम् वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्नेछ । यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा इमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकाले आफ्नो सम्पर्क नम्बर र इमेल अनुसार नै आवश्यक कागजात अपलोड गर्न पनिकाले अनुरोध गरेको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

