त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ४३ जनाको आवेदन

काठमाडाैं | माघ ९, २०८०

त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं:     त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन्  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकूलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमवारसम्म ४३ जनाले आवेदन दिएका छन् ।


आवेदन दिनेहरुमा अहिलेका निमित्त उपकूलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकूलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्य हुनुहुन्छ ।


यस्तै, मध्यपश्चिम विश्वविद्यालयका अहिलेका उपकूलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकूलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेल लगायतले पनि उपकूलपतिका लागि आवेदन दिएका छन् ।


उपकूलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार आवेदनको मूल्याङ्कन गरेर केही दिनभित्रै सर्टलिस्ट अर्थात् अल्पसूची प्रकाशन हुनेछ । त्यसपछि विज्ञ समितिबाट अल्पसूचीमा परेका बीच प्रतिस्पर्धा गराएर एक जनालाई उपकूलपतिमा छनोट गरिनेछ ।  

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्