आयोगका उपाध्यक्ष र विश्व बैंक देशीय निर्देशकबीच भेटवार्ता

काठमाडाैं | माघ ५, २०८०

आयोगका उपाध्यक्ष र विश्व बैंक देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौं:   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) फारिस हदाद जार्वोसबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ । 


भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६ औँ आवधिक योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल हो । भेटवार्ताका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले हाल मस्यौदा निर्माणको क्रममा रहेको १६ औँ योजना पूर्वाधार निर्माण, सामाजिक क्षेत्र सुधार, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभयो ।


विद्यमान संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६ औँ योजनाले विशेष ध्यान दिएको श्रेष्ठले उल्लेख गर्नुभयो । विश्व बैंकलगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्