पोखरामा खुला तामाङ सेलो नृत्य प्रतियोगिता हुने, विजेतालाई ३० हजार

पाेखरा | माघ २, २०८०

पोखरामा खुला तामाङ सेलो नृत्य प्रतियोगिता हुने, विजेतालाई ३० हजार

पोखरा:  नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

 

मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिए । 

 

उनले हालसम्म २० टिमले दर्ता गरिसकेको बताउदै आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने बताए । उनका अनुसार सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

 

संयोजक तामाङले सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने बताए । 

 

उनले तामाङ समुदायको संस्कृतिलाई संरक्षण, संबद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउदै प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्य समुदायका नृत्य समूहले पनि सहभागिता जनाउन पाउने तामाङले बताए ।

 

‘यो प्रतियोगिता हामीले हाम्रो संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजना गरेका हौं । त्यसैले तामाङ समुदाय मात्र नभएर अन्य समुदायबाट पनि भाग लिन पाउनुहुनेछ, उनले भने, ‘तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित हुनुपर्नेछ ।’ 

 

सो प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुत राख्ने आयोजकले जनाएको छ ।  
 

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँद...

थप पढ्नुहोस्

कास्की:     पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ ।  सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।  जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभा...

थप पढ्नुहोस्