टाइगर कप भलिबल: महिलातर्फ पुलिस शिर्षस्थानमा
पाेखरा | माघ २, २०८०

पोखरा: पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लब शिर्षस्थानमा उक्लिएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आज (मंगलबार) भएको खेलमा पुलिसले घरेलु टोली गण्डकीलाई ३–० को सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’को शिर्षस्थानमा उक्लिएको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफसँग पहिलो खेल ३–२ ले खेल गुमाएको पुलिसले दोस्रो खेलमा गण्डकीलाई सोझो सेटमा पराजित गरेपछि ३ अङ्क जोड्यो । एपिएफसँग पराजित भएपनि पुलिसले एक अङ्क भने प्राप्त गर्न सफल भएको थियो ।
पुलिसले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ ले सोझो सेटमा पराजित गरेको हो । गण्डकीले तीन भारतीय खेलाडी भित्राएपनि पुलिसलाई चुनौती पेश गर्नसमेत सकेन । समूह ‘ए’ तर्फ भोलि गण्डकीले नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल गण्डकीले सोझो सेटमा एपिएफलाई पराजित गर्न सके मात्र समूह उपविजेताको रुपमा अर्को चरणमा प्रवेश गर्नेछ ।
यस्तै आज नै भएको दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई पराजित गरेको छ । त्रिभुवन आर्मी क्लबले पहिलो सेट २५–२२ ले जितेपनि दोस्रो र तेस्रो सेट भने गुमाउन पुग्यो । आर्मीले दोस्रो र तेस्रो सेट क्रमशः २०–२५ र १८–२५ ले भारतको हरियाणा टिमलाई सुम्पिन पुग्यो ।
आर्मीले लगातार दुई सेट गुमाएपनि चौथो र पाँचौ सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै २५–१७ र १५–१२ ले जितेको हो । समूह ‘बी’ मा रहेको आर्मीले पहिलो खेल भने न्यू डायमण्ड स्पोर्टस् क्लबसँग पराजित ब्यहोरेको थियो । समुह ‘बी’मा रहेको न्यू डायमण्ड ३ अङ्कसहित शिर्षस्थानमा छ । दुई खेल खेलेको आर्मीको २ अङ्क छ भने एक खेल खेलेको हरियाणा टिमको १ अङ्क छ । बुधबार भारतको हरियाणा टिमले न्यू डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै आज नै भएको पुरुषतर्फको पहिलो खेलमा समूह ‘बी’मा रहेको श्रीलंकाको आर्मी टिमले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । सोमबार नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको एपिएफ मंगलबार भने आमन्त्रित टिमसँग पराजित भएको हो ।
श्रीलंका आर्मीले नेपाल एफिएफ क्लबलाई २३–२५, २५–२१, २५–१९ र २५–१३ ले पराजित गरेको हो । नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको यस समुहमा ३÷३ अङ्क रहेको छ भने एक खेलेको नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । भोलि नेपाल पुलिस क्लबले आमन्त्रित टिम श्रीलंका आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
आज भएको चौथो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौैले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । तीन पाकिस्तान खेलाडीसहित मैदानमा उत्रेको हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई २५–१८, २५–२०, २३–२५ र २५–२० ले पराजित गरेको हो ।
पुरुषतर्फ समूह ‘ए’ तर्फ भोलि नेपाल पुलिस क्लब र श्रीलंकाको आर्मी क्लब दोस्रो खेल घरेलु गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै पुरुषतर्फको समुह ‘ए’ तर्फ भने सोमबार घरेलु टोली गण्डकी र त्रिभुवन आर्मी क्लबबीचको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । उक्त खेल लिगचरणको अन्तिममा खेलाउने आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्को उम्मेदवार नरेश...
मुस्ताङ: कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रब...
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ...