राधाकृष्ण मन्दिर शान्ति आश्रमको ३१ औं साधारणसभा सम्पन्न
पाेखरा | पुस २६, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर शान्ति आश्रमले आफ्नो ३१ औं साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य गुरुङले धार्मिक एवम् सामाजिक उद्देश्यका साथ स्थापित यस पवित्र स्थलले आध्यात्मिक भावना अभिबृद्धिसँगै सामाजिक सचेतनामा समेत महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
मन्दिर सहित यस संस्थाको समग्र विकासका लागि गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउँदै उहाँले त्यसका लागि आफ्नो तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीले यस संस्थाको विकासका लागि धेरै सामाजिक भावनाले भरिएका व्यक्तिहरूको साथ र सहयोग भएको बताउनुभयो् ।
संस्थाको दीगो सञ्चालनका लागि ‘मन्दिर एक अतिथि’ जस्ता अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन प्रधान, नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का अध्यक्ष किसान परियार, भक्ति अधिकारी लगायतले सबैको साथ र सहयोगमा यस संस्थाको विकासमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा काँग्रेस नेता मोहन प्रधानले राइस कुकर सहितका समाग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो भने विभिन्न योगदान गर्ने व्यक्तिलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव घनश्याम खनालले गर्नुभएको थियो भने स्वागत माधवशरण उपाध्यायले गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

