दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु
पाेखरा | पुस २६, २०८०

पोखरा: दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहीवार देखि सुरु भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना माछापुच्छे«–३ घाचोकमा प्रतियोगिता सुरु भएको हो ।
बिहीबार भएको खेलमा कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका निलो र बागलुङको निसीखोला गाउँपालिका विजयी भएका छन् ।
कास्कीको रुपा गाउँपालिकाले माछापुच्छे« गाउँपालिकालाई, निसीखोला गाउँपालिकाले पर्वतको मादी गाउँपालिकालाई, अन्नपुर्ण गाउँपालिकाले बागलुङ नगरपालिकालाई पराजित गरेका हुन् । भने पुतली बजार नगरपालिका खेलमा उपस्थित नभएपछि माछापुच्छे« गाउँपालिकाले वाकओभर पाएको छ ।
यस्तै बागलुङको गल्कोट नगरपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीचको खेल भने लाइट पोटेष्टका कारण स्थगित भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री सुशिला सिंखडाले खेल मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताउनु भयो । स्थानीय, प्रदेश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरिन् ।
गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका युवा जनशक्तिलाई प्रगति र उत्थानको बाटोमा दो¥याउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गर्ने २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...