पोखराबाट पाल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँ | पुस २५, २०८०

पोखराबाट पाल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँ:   पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु  भएको छ भने १० जना यात्रु घाइते भएका छन् । बुधबार बिहान तनहुँको भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।


पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नं.को जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो ।


जिपमा चालकसहित १२ जना यात्रु सवार थिए । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाडले बताए । 


घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएकामध्ये जिपमा सवार नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको उनले बताए । 


उनका अनुसार जीप दुर्घटनामा घाइते भएका  स्याङ्जाको चापाकोट नगरपालिका–६ बस्नेहरू वर्ष ३२ की रेनु थापा, वर्ष ६ की रनिसा थापा, शुक्लागण्डकी नगरपालिका–६ बस्ने वर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका–२ बस्ने वर्ष २७ की पूजा सारू, भिमाद नगरपालिका–३ बस्ने वर्ष ६२ को दण्डपाणि रिजाल, घिरिङ गाउँपालिका–४ बस्ने वर्ष ५० को तिखे थापा गण्डकी अस्पताल पोखरामा उपचार भइरहेका छ । 


यसैगरी, जिपिमा उपचाररत घाइतेहरूमा नवलपुर जिल्लाको वौदिकाली गाउँपालिका–२ बस्ने वर्ष ४० को हरि ओझा, पाल्पाको  निस्ति गाउँपालिका– १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, स्याङ्जाको चापाकोट नगरपालिका–७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेल र पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ बस्ने वर्ष ३१ को लक्ष्मण पङ्गेनी छन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्