कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा न्यौपाने निर्वाचित

पाेखरा | पुस २२, २०८०

कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा न्यौपाने निर्वाचित

पोखरा:   कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको अध्यक्षमा जीवलाल न्यौपाने निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । 


समितिको उपाध्यक्ष विष्णु भट्टराई पाण्डे, सचिव लीलाबल्लभ न्यौपाने, कोषाध्यक्ष मणिराज भट्टराई, सहसचिव भीमलाल भट्टराई चुनिए । 


सदस्यमा हरिकला पाण्डे, वडा नम्बर ५ को संयोजक तथा सदस्यमा पवित्रा पाण्डे, वडा नम्बर ४ को संयोजक तथा सदस्य राजन पाण्डे, वडा नम्बर ६ को संयोजक तथा सदस्य वेदप्रसाद भट्टराई, वडा नम्बर ३ को संयोजक तथा सदस्य जयप्रसाद भिँले, वडा नम्बर ७ को संयोजक तथा सदस्य गोपाल भट्टराई, वडा नम्बर २ को संयोजक तथा सदस्य गीता भेँडी र वडा नम्बर १ को संयोजक तथा सदस्य रुकेश सुनार निर्वाचित भएका छन् ।


सल्लाहकारहरु प्रसिद्ध गायक पुरुषोत्तम न्यौपाने, एलबी राना, भोजराज पाण्डे, चोलाकान्त पाण्डे, केबी राना, लेखनाथ न्यौपाने र वेदप्रसाद पाण्डे लगायतको सहजीकरणमा नयाँकार्यसमिति चयन भएको हो । निर्वाचन समिति संयोजक भोजराज पाण्डे थिए ।


 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्