लम्जुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन
पाेखरा | पुस १९, २०८०
पोखरा: इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास(होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुभयो ।
प्रवद्र्धनका क्रममा त्यहाँस्थित ऐतिहासिक मन्दिर, त्यहाँबाट देखिने सूर्योदयको अवलोकनसँगै सरोकारवालाबीच अन्तरक्रिया समेत गरिएको थियो ।
अन्तरक्रियामा राइनासाकोट नागरपालिकाका प्रमुख खड्गबहादुर गुुरुङले पर्यटकीय रुपमा राइनासकोटको विकासका लागि आँफूहरू लागेको बताउँदै एगासँग पर्यटकीय साझेदारी बढाउने कुरामा नगरपालिका तयार रहेको बताउनुभयो । पछिल्लो समयमा शहरमुखी बन्ने क्रमले ग्रामिण वस्तीहरू खाली हुँदै गएको बताउँदै उहाँले पर्यटकीय सम्भावनालाई उजागर गर्दै घरवास मार्फत ग्रामिण क्षेत्रको पर्यटकीय विकासमा जोड दिइने बताउनुभयो ।
एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा नजिकका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन जरुरी रहेको बताउँदै घरवासहरूमा गरिने आतिथ्यता तथा व्यवहारले पर्यटकको आकर्षण बढाउने उल्लेख गर्नुभयो । राइनासको पर्यटकीय विकासका लागि अन्य पर्यटकीय पूर्वाधार विकासमा उहाँले जोड दिनुभयो ।
एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले एगाले नेपालको पर्यटकीय चिनारी हुने किसिमका सामाग्री तयार गरी नेपालको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान गरिरहेको बताउनुभयो । राइनासकोटसँग पर्यटकीय साझोदारी विकास गर्ने कुरामा एगा पोखरा तयार रहेको उहाँले बताउनुभयो ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको पर्यटकीय विकासका लागि आसपासका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन आवश्यक भएको बताउनुभयो ।
एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्साल, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक एवम् न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, पर्यटन विश्लेषक एवम् पत्रकार दीपेन्द्र पहारी लगायतले पर्यटनलाई उत्पादनसँग जोड्ने गरी होमस्टेको प्रवद्र्धन र विकास आवश्यक भएको बताउनुभयो । कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष बेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवम् सल्लाहकारद्वय जीवनाथ गौतम र कृष्णकुमार श्रेष्ठ, विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष लगायतको उपस्थिति थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...