गुल्मीमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते

गुल्मी | पुस १८, २०८०

गुल्मीमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते

गुल्मी:    गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार मङ्गलबार साँझ करिब ५ः०० बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने  क्रममा महत आफूले लगाएको सुतीको साडीमा अचानक आगो लागि दुवै खुट्टा जलेर घाइते घाइते हुनुभएको हो भएका हुन् । 


घाइते महतको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । दुवै खुट्टाको ३७ प्रतिशत भाग जलेको डाक्टरद्वारा जानकारी प्राप्त भएको बताइएको छ । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्