‘एसपीपी’ सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको हो : अध्यक्ष नेपाल

काठमाडाैं | असार १२, २०७९

‘एसपीपी’ सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको हो :  अध्यक्ष नेपाल

 

 काठमाडौं :     नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको दाबी गरेका छन् ।

 

अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले ओली आफैंले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा नै भएन भन्नुहुन्छ,’ उनले भनेका छन्, ‘कि चिन्तनमा कमजोरी कि काम गर्ने गलत छ, यसमा सुधार गर्नु होला ।’


२०७४ मा पहिलो पार्टी रहेको एमाले अहिले कांग्रेसभन्दा पछाडि पुगेको उल्लेख गर्दै नेपालले ओलीको कमजोरी औँल्याए । ओलीको कमजोरीले पार्टी कमजोर बनेको, तर उनले आफ्नो गल्ती लुकाउन अरुलाई दोषी देखाउने गरेको नेपालले बताए ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्