घाँस काट्न गएका सासुबुहारीको बाघको आक्रमणबाट मृत्यु
नवलपुर | पुस ९, २०८०
सांकेतिक तस्वीर
नवलपुर: नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु भएको छ ।
आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासुबुहारीको आज (सोमबार) क्षतविक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपसारी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश दुबै जनाको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको मृत्यु भएको हो ।
मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

