मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलाली | पुस ४, २०८०
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ स्थित जंगल रिसोर्ट नजिकै मोटरसाइकल दुर्घटनामा परेको थियो।
सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। बस्यालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोकका अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो।
उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा राति मृत्यु भएको हो।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

