पोखरामा लागूऔषधसहित बालक प्रकाउ
पाेखरा | पुस ३, २०८०
बालकको साथबाट प्रहरीले बरामद गरेको लागूऔषध
पोखरा: पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँच गर्नेमा प्रहरीले पोखरा पोखरा महानगरपालिका-३० पावरहाउसबाट एक बालकलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले पोखरा-३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा एक जना नाबालकलाई सोमबार लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिका-८ बस्ने १७ वर्षीय बालकको साथबाट डाईजापाम ८० एम्पुल, फेनारगन ७२ एम्पुल, नुर्फिन ७७ एम्पुल,नाईट्रोभ्याट ५ सय ७० चक्की, १ हजार नगद र एक थान मोबाइल बरामद गरेको हो ।
लागूऔषधसहित प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

