बालिकाको स्कुल बसले चेपेर मृत्यु

काठमाडाैं | पुस २, २०८०

बालिकाको स्कुल बसले चेपेर मृत्यु

स्कुल बसले चेपेर‍ रुपन्देहीको गैंडहवामा एक बालिकाको मृत्यु भएको छ।

 

इलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कंचन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले  बालिकालाई चेपेको थियो।

 

प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं १ का राम हरिजनकी २ वर्षकी छोरी नारिया रहेकी छन्। विद्यार्थी लिएर झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गईरहेको बसको मुनी छिरेकी नारियालाई सोही बसको टायरले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले बालिकाकी आमाले ठूली छोरीलाई विद्यालय पठाउन सोही बस चढाउने क्रममा नारिया बसको मुनी छिरेको समयमा बस गुडाउँदा दुर्घटना भएको बताए।

 

दुर्घटनामा परी बालिकाको घटनास्थलमै मृत्यु भएको र प्रहरीले स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ। यसअघि गत मंसिर १६ गते शनिबार गैंडहवा गाउँपालिका सुर्यपुरामा रहेको सिद्धार्थ बोर्डिङ स्कुलको बसले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको थियो।

पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।  व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...

थप पढ्नुहोस्

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...

थप पढ्नुहोस्