पोखरा सेती नदीमा वेवारिसे शव फेला, बायाँ पाखुरामा लिजा लेखिएको महिलाको तस्वीरसहितको ट्याटु
पाेखरा | मंसिर २९, २०८०
पोखरा: पोखरा रामघाटस्थित सेती नदीमा वेवारिसे अवस्थामा पुरुष जस्तो देखिने एक व्यक्तिको शव फेला परेको छ । प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे शव फेला पारेको हो ।
पोखरा महानगरपालिका १० रामघाटस्थित सेती नदीको बिचमा रहेको ढुङ्गामा अन्दाजी २५ वर्षीय जस्तो देखिने सडेगलेको अवस्थामा वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्हरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
सेती नदीमा वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवको बायाँ पाखुरामा म्याइ लाइफ लेखि महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्ह रहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

