६ महिनादेखि बेपत्ता पुरूष पनौतीको जंगलमा मृत फेला
काठमाडाैं | मंसिर २९, २०८०
महिनादेखि बेपत्ता रहेका एक जना पुरूष मृत फेला परेका छन्।
काभ्रे पनौती नगरपालिका वडा नम्बर ५ चौकोट जंगलमा बिहीबार दिउँसो एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार स्थानीयहरू घाँस दाउरा काट्न जानेक्रममा पहिचान नखुलेका पुरूषको शव फेला परेको हो। अस्थिपञ्जरसहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेको थियो। यसक्रममा प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिहरूको परिवारलाई बोलाएको थियो।
मोबाइल, लुगा र घडीमार्फत मृतक पनौती नगरपालिका-६ बस्ने ५२ वर्षीय रामशरण हुमागाईं भएको भन्ने आफन्तले पहिचान गरेका थिए।
डिएसपी श्रेष्ठका अनुसार उनी विगत ६ महिनादेखि बेपत्ता थिए। उनको मृत्यु कसरी भएको भन्नेबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

