पोखरामा टेलिकमको तार चोरी गर्ने २ जना कारसहित प्रकाउ

पाेखरा | मंसिर २८, २०८०

पोखरामा टेलिकमको तार चोरी गर्ने २ जना कारसहित प्रकाउ

पोखरा:   पोखरामा नेपाल टेलिकमको कपर केबुलका तार चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई कारसहित प्रकाउ गरेको छ । टेलिकमको तार चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पोखराको विभिन्न स्थानमा रहेको बिजुलीको पोलबाट नेपाल टेलिकमको कप केबुलको तार चोरी गरेको सूचनापछि  खोजी गर्दा शंकास्पद अवस्थामा लामाचौर गोस्तेतर्फ जाँदै गरेको ग २ च ५३६ नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा तारसहित दुईजनालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ । 


प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ५८ वर्षीय लालबहादुर नेपाली र ३९ वर्षीय श्यामनाथ मोतिहारी रहेका छन् । प्रहरीले कारको सिट र डिक्कीबाट विभिन्न स्थानबाट चोरी भएको करिव ३ सय ३१ मिटर कपर केबुलको तार बरामद गरेको छ । 


प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्