माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल पुष २६ देखि, उपाधि राशि ३ लाख
पाेखरा | मंसिर २८, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आगामी पुष २६ देखि २८ गते सम्म सञ्चालन हुन भएको छ ।
माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता पुष २६देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो ।
गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् भने , सेमिफाइलनबाट बाहिरिने दुईटिमलाई नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७÷७ हजार र उत्कृष्ट प्रशिक्षकलाई ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ ।
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए ।
गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि ब.क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको विमा गर्ने उल्लेख गरे ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

