पोखरामा टेलिकमको तार चोरी गर्ने २ जना कारसहित प्रकाउ
पाेखरा | मंसिर २८, २०८०
पोखरा: पोखरामा नेपाल टेलिकमको कपर केबुलका तार चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई कारसहित प्रकाउ गरेको छ । टेलिकमको तार चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराको विभिन्न स्थानमा रहेको बिजुलीको पोलबाट नेपाल टेलिकमको कप केबुलको तार चोरी गरेको सूचनापछि खोजी गर्दा शंकास्पद अवस्थामा लामाचौर गोस्तेतर्फ जाँदै गरेको ग २ च ५३६ नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा तारसहित दुईजनालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ५८ वर्षीय लालबहादुर नेपाली र ३९ वर्षीय श्यामनाथ मोतिहारी रहेका छन् । प्रहरीले कारको सिट र डिक्कीबाट विभिन्न स्थानबाट चोरी भएको करिव ३ सय ३१ मिटर कपर केबुलको तार बरामद गरेको छ ।
प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

