नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिराेहका ३२ जना पक्राउ
काठमाडाैं | मंसिर २७, २०८०

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी अहिलेसम्म ३२ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सोमेन्द्रसिंह राठौरका अनुसार गएको असोज १९ देखि अहिलेसम्म ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । नक्कली कागजपत्र बनाई भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्स० का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू रहेका छन् ।
अहिले ९ जनाको सङ्गठित अपराधमा अनुसन्धान भइरहेको, त्यस्तै लिखतसम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको र ८ जना धरौटीमा छुटिसकेका कार्यालयका एसएसपी राठौरले जानकारी दिनुभयो । आजमात्रै थप ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीका अनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । त्यस्तै एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उहाँले जानकारी दिनुभयो ।
कागजात मिलाएबापत ट्राभल एजेन्सीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानोको ९एक पटक विदेश पुगेर फर्किएका० हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...