उपचारका लागि मणिपाल पुगेका संगम मिश्र हराए
सेतीको ड्याम खोलेर खोजतलास गर्ने प्रहरीको तयारी
पाेखरा | मंसिर २७, २०८०

पोखरा: लामाचौरबाट उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका संगम मिश्र बेपत्ता भएका छन् ।
आफ्नो बुवा औषधी लिन गएको समयमा तनहुँ स्थायी घर भएका संगम मिश्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
‘तनहुँ स्थायी घर भएका हाल लामाचौर बस्दै आएका मिश्र ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पताल गएका रहेछन्’, सूचना अधिकारी बिकले सुनगाभा न्यूजसँग भने, ‘अस्पतालमा उपचार गराइराखेका मिश्रका बुवा औषधी किन्न गएको समयमा अस्पतालबाट हराएका हुन् ।’
उनले इमजेन्सी वार्डमा उपचार गराइराखेका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट हराएको सूचना आएको बताए ।
मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको उनले बताए ।
‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’, उनले भने, ‘भोलि पोखरा–१६स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’
उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने भएकाले भोलि सेती नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनारामा नजानसमेत आग्रह गरे ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...