पोखराका होटलमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने
पाेखरा | मंसिर २७, २०८०

पोखरा: पोखराका होटलहरुमा अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।
वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा भएको बैठकले पोखराका होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने निर्णय गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवम् डिएसपी राजेन्द्र श्रेष्ठले पोखराको होटल क्षेत्रको सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्ने लगायतका विषयमा निर्णय भएको बताए ।
उनले होटल व्यवसायीसँगको छलफलमा होटलको कम्पाण्डर र काउन्टर (भित्रिने र बाहिरिने बाटो) स्पष्ट देखिने गरी सिसी क्यामेरा जडानसँगै होटल संचालकहरुले आफ्नो होटलमा आउने ग्राहकहरुको अभिलेख कम्प्युटरमा राख्ने व्यवस्ता मिलाउन समेत आग्रह गरेको बताए ।
यस्तै होटलमा आउने ग्राहकको परिचय खुल्ने कागजपत्र राख्ने, होटल आउँदा र जाँदाको समयसहित विवरण राख्ने, होटलमा बालबालिहरुलाई कामदारको रुपमा काममा नलगाउने, र कर्मचारीहरुको तिनपुस्ते विवरणसहित अभिलेख राख्न समेत निर्देशन दिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
केही दिन अगाडी पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएको सुकु विकको मृत्युपछि अनुसन्धानको क्रममा होटलमा सुरक्षाको विधि अपनाएको नदेखेपछि प्रहरीले व्यवसायीसँग छलफल गरेर होटलमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिएको हो ।
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...
पोखरा: प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...
पोखरा: पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...